एकैदिन ३१ सय ५७ जनामा कोरोना संक्रमण, २६ को मृत्यु
काठमाडौं १९ वैशाख । भारतमा पछिल्लो २४ घन्टामा थप ३१ सय ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। भारतमा कोरोना सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय पुगेको छ।
दिल्लीमा सबैभन्दा बढी १४ सय ८५ संक्रमित भेटिएका छन्। हरियाणामा ४७९,केरलामा ३१४, उत्तर प्रदेशमा २६८ र महाराष्ट्रमा १६९ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन्। योसहित देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ८६९ पुगेको छ। आज ४०८ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा ४ लाख ७१ हजार ८७ जनाले कोरोना जाँच गराएका छन्।