पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु
काठमाडौं २० वैशाख । आफ्नै घरको छतबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका–८ लिवालीमा सोमबार साँझ ७: १५ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएकामा उपचारकै क्रममा ७:३८ बजे उनको मृत्यु भएको छ ।