काठमाडौंमा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही
काठमाडौं २१ वैशाख । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ३७२ जना सवारी चालकलाई कारवाही गरेको छ । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कारवाहीमा पर्नेमा तीव्र गतिमा सवारी साधन चलाउने ११६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२५ जना, फुटपाथमा पार्किङ गर्ने ९६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७१ जना रहेका छन् ।