केबलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु
२० वैशाख, काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।
केवलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।
केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४:२५ मा फिस्टेल गेट, ४:३० मा आम्बोट गेट, ४:३५ मा गौरीघाट, ४:४० मा बाराहीचोक, ४:४५ मा सेन्टर पोइन्ट र ४:५० मा हल्लनचोकबाट स्टेसनसम्म लैजान बस पुग्नेछ ।