६५ वर्ष माथिकालाई वृद्ध भत्ता दिने : देउवा
काठमाडौं २१ वेशाख । प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो पार्टीको सरकार बने ६५ वर्ष माथिकालाई वृद्धा भत्ता दिने बताएका छन्।
आज विराटनगरमा चुनावी सभालाई सम्मोधन गर्दै, अन्तराष्ट्रिय स्ट्याण्डर्ड अनुसार उक्त व्यवस्था लागू गरिने बताएका छन।
देउवाले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउँदै गठबन्धनले कांग्रेसलाई कुनै घाटा नभएको र कांग्रेसबाट पनि कसैलाई धोका नहुने बताए।