थप १७ जनामा कोरोना संक्रमण पुष्टि २०१ जना सक्रिय संक्रमित
काठमाडौं २५ वैशाख । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४०१० जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन ।
मन्त्रालयका अनुसार चौबिस घण्टामा २२१० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् ।