निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग माग्यो २ हजार हतियार
काठमाडौं २५ वैशाख । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा धेरै साना हतियार मागेको छ । तर, आज सम्म सेनाले करिब ७ सय थान हतियार प्रहरीलाई दिएको छ । निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोल दिन माग गरेर पत्राचार गरेको थियो ।
साना हतियार अपुग भएपछि नेपाली सेनासँग लिएर सुरक्षामा प्रयोग गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले बताए । उनले भने–‘केही थान चिनियाँ पेस्तोल लिएर प्रयोग गरिरहेका छौं ।’