खोलामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु
२७ वैशाख, काठमाडौं । गुल्मीको छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ का १७ वर्षीय अनिल सामात र १३ वर्षीय सुदन सामतको मृत्यु भएको गुल्मीका एसपी भीमबहादुर दाहालले जानकारी दिए ।
अनिल र सुदन हिजो माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनीहरु घरमा नफर्किएपछि आज खोज्ने क्रममा छल्दीपनाहा खोलामा डुबेको अवस्थामा शव फेला परेको उनले बताए ।