मतपेटिका मतगणना स्थलमा पुगे लगत्तै गणना सुरु
काठमाडौं २९ वैशाख । निर्वाचन आयोगले भोली हुन गइरहेको स्थानीय तहको निर्वाचन सकिएर मतपेटिका सुरक्षित हिसाबले मतगणना स्थलमा पुगे लगत्तै गणना सुरु गरिने जनाएको छ।
मतदानको एकदिन अघि तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतगणनाको काम तत्कालै सुरु गरिने जानकारी दिएका हुन्।
‘सुरक्षित हिसाबले मतपेटिका गणनास्थलमा पुगिसकेपछि मतगणनाको काम सुरु गरिने छ,’उनले भने,‘त्यस लगत्तै हामीले मतगणना सुरु गरिने छ।’ आयोगले मतदान गर्न वञ्चित नहुन भनेर व्यवस्था गरेको जनाएको छ।