मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटना
वैशाख,३० काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।
सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।
जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको उनले बताए ।