मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई

वैशाख ३० काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन्।
आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवादमा तानिएका भट्टराईले त्यसबारे प्रस्ट पार्दै मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नहुने जिकिर गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, ुलोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन
उनले गोरखाको पालुङटार नगरपालिका(१ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरेका थिए।