Yeti Khabar

२०८१ मंसिर ७, शुक्रबार - Fri Nov, 2024 -

स्थानीय निर्वाचमा १६ ठाउँमा झडप, मतपेटिमा तोडफोड

काठमाडौं– स्थानीय तहको मतदान देशभर चलिरहँदा अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन्। केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था आएको छ।

निर्वाचन आयोगका अनुसार हालसम्म १६ भन्दा धेरै स्थानमा आपसी झडप र विवाद देखिएको छ।
रामेछाप, दोलखा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, हुम्ला, रुकुमपूर्व, काभ्रे र रौतहट लगायत क्षेत्रमा झडप भएको छ।

सिन्धुपाल्चोकेको मेलम्ची नगरपालिको ज्यामिरेमा सेना नै परिचालन गरेर स्थिति नियन्त्रणमा लिएर मतदान पुनस् सुरु गरियो भने रुकुमपूर्वको एक मतदान केन्द्रमा नेपाली कांग्रेसले मतदान नै बहिस्कार गरेको छ।

त्यस्तै, काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ मा पनि केही बेर तनाव भयो।
उक्त क्षेत्रमा अहिले सर्वदलीय बैठक बसेर सहमति गरेर मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा, शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर गर्नु परेको छ ।

बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ। खुकुरी हानाहान हुँदा दुबै पक्षका एकरएक गरी दुईजना घाइते भएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com