मतदान केन्द्र लगिएका एक वृद्धको मृत्यु
३० वैशाख, काठाडौं । बैतडीको पाटन नगरपालिका ६ मा मतदान गर्न आएका एक बृद्धको मृत्यु भएको छ ।
पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनलाई स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको हो ।