महानगरपालिकाको मतगणना स्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइयो
काठमाडौं ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको मतगणना स्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।
मतगणना गर्न सबै दल तयार भएसँगै निर्वाचन आयोगले मतगणनाको तयारी गरेको छ ।