वीरेन्द्रनगरमा खटिएका सहायक मतदान अधिकृतको मृत्यु
३१ वैशाख, काठमाडौ । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ ।
वीरेन्द्रनगर-३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको शुक्रबार राति वीरेन्द्रनगर-८ मा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।