गोकर्णेश्वर नगरपालिकामा एमालेको अग्रता कायमै
काठमाडौं ३१ वैशाख । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । एमालेबाट प्रमुखका उम्मेदवार उद्दब बिष्टले १२ सय ८५ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी काँग्रेसका दीपक रिसालले ११ सय ६० मत ल्याएका छन् । यो वडा नम्बर १ को मतगणनाबाट प्राप्त परिणाम रहेको छ । यतिबेला वडा नम्बर २ को मतगणना भइरहेको छ ।
यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ११ सय ९६ मत ल्याएकी छिन् । काँग्रेसकी उपमेयरकी उम्मेदवार शान्ति नेपालले ९ सय ३३ मत ल्याएकी छिन् ।