मालिका गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट बेग प्रसाद गर्वुजा मगर र उपाध्यक्षमा लक्ष्मी पुन विजयी

जेठ,१ काठमाण्डौ । म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट बेग प्रसाद गर्वुजा मगर र उपाध्यक्षमा लक्ष्मी पुन विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित गर्वुजामगरले ३ हजार ९१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले २ हजार ९७० मत र नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीले २ हजार २२५ मत प्राप्त गरी पराजित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा लक्ष्मी पुनले ३ हजार १६७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पिपला बुढाले ३ हजार १३९ मत पाएका छन् ।