भैरवीका निवर्तमान गाउँपालिका अध्यक्ष वडा सदस्यमा पराजित
जेठ, १ काठमाण्डौ । दैलेखको भैरवी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बुढा यसपटक वडा सदस्यमै पराजित भएका छन् । वडानम्बर ७ को खुला सदस्यमा उम्मेदवारी दिएका बुढा कांग्रेस उम्मेदवारसँग पराजित भएका हुन् ।
उनले गत वैशाख ९ गते गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।
अध्यक्षमा दोहोरिने आकांक्षा गरेका बुढालाई पार्टीले टिकट दिएन । त्यसपछि जिल्ला समन्वय समिति प्रमुख बन्ने तयारी अनुसार वडा सदस्यमा उम्मेदवारी दिएको बुढा सदस्यमै पराजित भए ।
२०७४ को स्थानीय तह निर्वाचनमा बुढाले कांग्रेसका उम्मेदवार जनार्दन ज्ञवालीलाई फराकिलो अन्तरले पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।