हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बहादुर शाही निर्वाचित

२ जेठ, काठमाडौं । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बहादुर शाही निर्वाचित भएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकै सुर्पना शाही निर्वाचित भएकी छन् ।
अध्यक्ष शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष सुर्पनाले एक हजार ५१८ मत पाएकी छन ।
उनका प्रतिद्दन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार अमरजंग शाहीले एक हजार ४८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गरेकी छन् ।