गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति

जेठ, २ काठमाडौं । गौतमबुद्धको जन्मभूमि रहेको शहर लुम्बिनी र भारतको कुशिनगरबीच भागिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति दुई देशका प्रधानमन्त्रीबीच भएको छ ।
‘लुम्बिनी र कुशिनगरबी भगिनी सम्बनध स्थापना गर्न दुवै पक्ष सैद्धान्तिक सहमत भएका छन्,’ ‘आवश्यक प्रकृया सम्बन्धित स्थानीय निकायहरूमार्फत समयैमा नै अघि बढाइनेछ ।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान मात्रै लुम्बिनी आइपुगेका हुन् ।
भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।
लुम्बिनीको मायादेवी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीको संयुक्त पुजा गर्ने कार्यक्रम सकिएपछि दुई देशका प्रधानमन्त्रीबीच द्धिपक्षीय भेटवार्ता भएको हो ।
मोदी आजै भारत फर्किने कार्यक्रम छ ।