बहिर्गमित जनमुक्ति सेना नेपालका सहसचिव राजेन्द्र सिंह धामी वडा अध्यक्षमा विजयी
जेठ, २ काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालका सहसचिव राजेन्द्र सिंह धामी वडा अध्यक्षमा विजयी भएका छन् ।
सुदुरपश्चम प्रदेशको दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्र बाट उमेदवारी दिएका बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिका सहसचिव राजेन्द्र सिंह धामी कमरेड (सुरज)कडा प्रतिस्पर्धाका साथ विजय भएका छन।
जम्मा मत ४७९ मध्ये उनले २२८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी एमालेका उमेदवार चन्द्र सिंह धामीले २२६ मत प्राप्त गरेका थिए भने बाकिँ मत बदर भएका थिए । उनले मात्र २ मतको अग्रताले जीत हासिल गरेका थिए ।