उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्याल निर्वाचित
जेठ,२ काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्याल निर्वाचित भएका छन् । ३ हजार १३४ मत प्राप्त गर्दै उनले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र लम्साललाई पछि पारेका हुन् । लम्सालले २ हजार ५६० मत पाए ।
यसैगरी गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । एमालेकी चमेली गुरुङ ३ हजार १३४ मत ल्याउँदै विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४५२ मत ल्याइन् ।