रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी
जेठ, ३ काठमाडौं । रामेछापको रामेछाप नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका लवश्री न्यौपाने विजयी भएका छन् । उनी ६ हजार ६३९ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रोशन पाख्रिनले ५ हजार १८६ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका नरेशबाबु श्रेष्ठले २ हजार ५९८ मत ल्याए ।
रामेछापको उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार बालकुमारी कार्की थापा निर्वाचित भएकी छन् । उनले ६ हजार ६४० मत ल्याउँदै एमालेकी उम्मेदवार सीताकुमारी खत्रीलाई पराजित गरिन् । उपमेयरमा नेकपा एकीकृत समाजवादीका ढालविक्रम कार्कीले २ हजार ११३ मत ल्याए ।