रेनु दाहाल ३७३ मत अगाडि
जेठ ३, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रता कायमै राखेकी छन्।
उनले नेकपा एमालेका विजय सुवेदीलाई ३७३ मतले पछि पारेकी छन्।
अहिलेसम्म रेनुले ७४७१ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ७०९८ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३६०३ मत पाएका छन्।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ९०३२ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५८६९ मत ल्याएर पछ्याइरहेकी छिन।