रेनु दाहाल एक हजार ९०६ मतले अगाडि
जेठ,४ काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एक हजार ९०६ मतले अगाडि छिन् । २९ हजार ४४६ मत गणना भइसक्दा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले १० हजार ७४८ मत पाएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत पाएका छन् ।
उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ८५८ मत पाएका छन् ।