एकीकृत समाजवादीका उम्मेदवारको २ हजार बढीको मतान्तर
काठमाडौं ४ जेठ । पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले २ हजार बढीको मतान्तर बनाएका छन् । आज साँझ प्राप्त मतगणनाको अध्यावधिक विवरणअनुसार समाजवादीका उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १५ हजार २१० मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेका उम्मेदवारले १७ हजार ३४१ मत पाउँदा काँग्रेसका उम्मेदवारले १७ हजार ४४३ मत पाएका छन् । पोखरामा हालसम्म ४१ हजार ४२३ मत गणना सकिएको छ ।