एमालेकी उम्मेदवार सुनिता डंगोल १४ हजार मतान्तरले अगाडि
जेठ, ५ काठमाडौं । महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल अन्य प्रतिस्पर्धीभन्दा १४ हजार मतान्तरले अगाडि छिन् ।
कुल ५६ हजार ३ सय ८० मत गनिसक्दा उनले अन्य प्रतिस्पर्धी भन्दा झण्डै तेब्बर मतले अग्रता लिइरहेकी छन्
पाँचदलीय गठबन्धनबाट उठेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ७ सय ८० मत ल्याउँदा डंगोल २१ हजार ३ सय ५२ मत ल्याएर विजयपथमा लम्किरहेकी छन् ।
यो बाहेक राप्रपाबाट उमेदवारी दिएकी विनिता मगैयाले ४ हजार ७ सय ८४ मत पाएकी छिन् । मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहसँग एमालेका केशव स्थापित भारी मतले पछि परेका छन् ।