मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर तामाङ विजयी
जेठ, ५ काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका छन ।
मेयरमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ र उपमेयरमा कांग्रेसका विष्णुमणि नेपाल निर्वाचित भएका हुन् ।
तामाङले ९ हजार ४०६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका बिदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत ल्याए । यसअघि तामाङ नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।