उपमहानगरपालिका मेयरमा काँग्रेसका विष्टले लिए ८३४३ मत अग्रता
जेठ,५ काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले ८३४३ मतले अग्रता लिएका छन्। विष्टले १८३४८ मत ल्याएका छन् भने नेकपा एमालेका पशुपतिदयाल मिश्रले १०००५ मत ल्याएका छन्।
यस्तै गठबन्धनबाट जनता समाजवादी पार्टीका कमरुद्धिन राईले १३३३० मत ल्याएका छन् एमालेका शान्तिदेवी ढकालले ९४८७ मत ल्याएकी छन्। एमाले भन्दा राईले ३८४३ मतले अग्रता लिएका छन्।