विराटनगर प्रमुख पदका लागि काँग्रेसका नागेश कोइरालाकोअग्रता कायमै
जेठ,५ काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । उनको मतान्तर ५ हजार ५ सय ४० पुगेको छ ।
कोइरालाले २१ हजार ४२२ मत ल्याउँदा एमालेका सागर थापाले १५ हजार ८८२ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेदवार प्रह्लाद प्रसाद साहको ४ हजार ११९ र स्वतन्त्र उम्मेदवार उमेश यादवको ६ हजार ७५३ मत रहेको छ ।
यस्तै उपप्रमुखमा एमालेकी शिल्पा कार्कीको १८ हजार ४६९ रहेको छ । गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवको मत १० हजार ८०३ रहेको छ ।