अछाममा पहिलो महिला नगर प्रमुखमा अम्बिका चलाउने निर्वाचित
जेठ, ६ काठमाडौं । अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचित भएकी छिन। नेपाली काँग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी भएकी हुन् ।
उनले ३ हजार ६५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२, एमालेका नन्दबहादुर कडायत २ हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्ट ६९२ र स्वतन्त्र टंक तिमिल्सैना १५४ मत पाए ।
उपप्रमुखमा काँग्रेसकै हर्कबहादुर रावल विजयी भए । उनले ४ हजार १८८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता रावल २ हजार ६१८, एमालेकी राजु सञ्जाल १ हजार २ र एकीकृत समाजवादीकी कृष्णा जैशी न्यौपानेले ८७८ मत पाए ।