भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै
जेठ, ६ काठमाडौं। भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । ५६ हजार ८४५ गणना हुँदा रेन दाहालले २१,४९२ मत ल्याएकी छन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले १८२७० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८१३३ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार ८६१ मत पाउँदा हिमला गुरुङले १४०२८ मत पाएकी छिन ।