अन्तत: पेरिस सेन्ट जर्मेनमै बस्ने भए एम्बाप्पे
फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले अन्ततस् पेरिस सेन्ट जर्मेनमै बस्न सैद्धान्तिक सहमति जनाएका छन् । २०१८ को विश्व कप विजेता खेलाडी यो सिजन रियल म्याड्रिड जाने चर्चा थियो । तर उनले अब फ्रान्सेली च्याम्पियनसँग नयाँ करार गर्न लागेको बताइएको छ ।
एमबाप्पेले पीएसजीसँग तीन वर्षको नयाँ सम्झौता गर्ने छन् । सम्झौतामा हस्ताक्षर हुन बाँकी छ तर पीएसजीले शनिबार साँझ मेट्जसँग सिजनको अन्तिम खेल पछि यसको घोषणा गर्ने सम्भावना छ। एम्बाप्पेले स्पेन जानका लागि केही महिना अघि रियलसँग आर्थिक प्याकेजमा सहमति जनाएका थिए, तर अहिले उनी कार्लो एन्सेलोटीको टोलीमा नजाने निर्णय गरेका छन् । २३ वर्षीय खेलाडी अगस्ट २०१७ मा मोनाकोबाट सिजन-लामो लोनमा पीएसजीमा समेल भएका थिए । उनले पाँच सिजनमा पीएसजीलाई चार लिग वान उपाधि जिताइसकेका छन् । एजेन्सी