जापानमा ५.८ म्याग्निच्यूडको भूकम्प
जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ । जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार आइतबार दिउँसो ५.८ म्याग्निच्यूडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सूचना जारी गरिएको समाचारमा जनाइएको छ ।
उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैन । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् । एजेन्सी