गोनाहीमा एमालेका मेयर उपमेयर विजयी

जेठ, ९ काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकामा एमाले पार्टीका मेयर र उपमेयरको उम्मेदवार विजयी भएका छन् । जसपाबाट मेयरका उम्मेदवारलाई ९ सय बढी मतले पराजित गर्दै एमालेका प्रेमलाल साह कानु मेयर पदमा विजयी भएका हुन् ।
कानुले ४ हजार २ सय ९२ कुल मत प्राप्त गरे । पूर्व मन्त्री प्रभु साहको संसदीय निर्वाचन क्षेत्र अन्तर्गत देवाही गोनाहीका निवर्तमान मेयर धर्मेन्द्र पटेलका श्रीमती तथा जसपा उम्मेदवार मधुकारानी देवी पटेलले ३ हजार ३ सय ९७ मत ल्याइन् ।