बालेन साहले कटाए ५० हजार मत,उपमेयरमा सुनिताको सर्वाधिक मत

जेठ, १० काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । मंगलबार ३ बजेको आधिकारिक मतपरिणामअनुसार साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् ।
हालसम्म १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले सो मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार काँग्रेसबाट मेयर उम्मेदवार रहेकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् भने एमालेका केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत पाएका छन् ।
यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले बालेन शाहले भन्दा पनि बढी लोकप्रिय मत पाएका छन् ।