राजापुर नगरपालिकामा माओवादी विजयी
जेठ, ११ काठमाडौं । बर्दियाको राजापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी निर्वाचित भएका हुन्।
प्रमुखमा निर्वाचित थारुले ९ हजार ८०७ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपकजंग शाहले ९ हजार ७६० मत पाए।
उपप्रमुखमा निर्वाचित मनकलाकुमारीले १० हजार ८६ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिस्पर्धी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत ल्याइन् ।