नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्रको संज्ञा :केपीओली
जेठ, १२ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्रको संज्ञा दिएका छन् ।
नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर चास्नीमा डुवाउन बाँकी जेरी जस्तो भएको बताए
नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको, भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको भन्दै उनल अघि भने, ‘यो दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका सम्वाहक शक्तिबाट अस्थिरताका चहनाका साथ बनाइएको गठबन्धनको अस्थिताकै घोषणापत्र हो ।’