यौन दुर्व्यवहार गरेको आरोपमा कर्मचारी निलम्बित
जेठ, १२ काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुव्र्यवहारको आरोपमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । झाले परिषद्मा इन्टर्नसिप आएकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरी कारबाही प्रक्रियालाई अगाडि बढाएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
युवतीले दुर्व्यवहार भएको भन्दै परिषद्मा निवेदन दिएकी थिइन् ।