निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने सर्वोच्च अदालतको फैसला
जेठ, १२ काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
ज्ञवालीले ट्वीट गर्दै अदालतको यो फैसलाले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण भएको र नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको बताएका छन् ।
आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?
निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो ।