सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
जेठ,१३ काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।आज राष्ट्रियसभामा सरकारको नीति तथा तथा कार्यक्रमको छलफलमा परेको संशोधनको माग खारेज गर्दै बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पास गरेको हो ।
जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हुन्छ वा हुँदै भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई सोध्दा बहुमत सदस्यले हुन्छ भनेर पास गरेका छन् ।