घाइते रेनु दाहालको अवस्था खतरामुक्त
जेठ, १३ काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।
उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी आज जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
‘आज दिउँसो दिदी रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा उहाँ चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदीको टाउकोमा सामान्य चोट लागेको र डाक्टरको अनुसार सिटी स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था अहिले सामान्य भएकाले डिस्चार्जको तयारीमा छौं’,