Yeti Khabar

२०८१ मंसिर ६, बिहीबार - Thu Nov, 2024 -

हराएको विमान खोज्न तीन ठाउँमा हेलिकोप्टर स्ट्याण्डवाई

तारा एयरले आज बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई राखिएको जनाएको हो ।

एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ । तारा एयरको ट्वीनअटर विमान आइतबार बिहान ९ः ५५ बजे १९ यात्रु र ३ चालक दलका सदस्यसहित जोमसोमतर्फ उडेको थियो । उक्त विमान उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com