तारा एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्न माग
जेठ, १६ काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ जनाको ज्यान जानेगरी आज भएको तारा एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गर्न माग गरेका छन् ।
आइतबार पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमान सामबार मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । सो विमान दुर्घटनाबाट तीन चालक दलका सदस्य र १९ जना यात्रुको निधन भएको छ ।
उक्त दुर्घटनाको खबरले आफू मर्माहत भएको बताएका प्रचण्डले निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनमासमवेदना प्रकट गरेका छन् । शोक वक्तव्य जारी गर्दै प्रचण्डले दुर्घटनाको अनुसन्धान गर्न समिति गठन गर्न माग गरेका हुन् ।