बागमती प्रदेशको अध्यक्षमा माधव खत्री
जेठ, १९ काठमाडौं । राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो ।
पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न थिए ।