गाडीले ठक्कर दिँदा ड्युटीमा खटिएको प्रहरीको मृत्यु

जेठ, १९ काठमाडौं । मकवानपुरको हेटौंडामा गाडीले ठक्कर दिँदा ड्युटीमा खटिएको प्रहरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हवल्दार कर्णाकर भट्टको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
‘दुर्घटना भएको हो,’ उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।’
बुधबार राति हवल्दार भट्टलाई ड्युटीमा रहेका बेला पहिचान नखुलेको गाडीले ठक्कर दिएको थियो।