नेपाली विद्यार्थी अब चीन जान पाउने
जेठ, २० काठमाडौं । सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा पठनपाठन गर्दै आएका नेपाली विद्यार्थीहरूलाई पुन: चीन जाने व्यवस्था मिलाएको छ।
कोरोना महामारीका बेला नेपाली विद्यार्थी चीनबाट स्वदेश फर्के पनि त्यसपछि उनीहरू त्यहाँ जानबाट रोकिँदै आएका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पुन: चीन जाने व्यवस्था मिलाएको छ।
लकडाउनका कारणले चीन फर्किन नपाएका दुई सय ८१ जना नेपाली विद्यार्थीलाई पहिलो चरणमा चीन पठाउन लागिएको छ।