आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै : अर्थमन्त्री

जेठ, २० काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको संसद्मा जवाफ दिने कार्यसूची रहेको छ । सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि १७, १८ र १९ गते संसद्मा सांसदहरूले छलफल गरेका थिए ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।