Yeti Khabar

२०८१ मंसिर ९, आईतवार - Sun Nov, 2024 -

कक्षा सुरु भएको डेढ महिनासम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्

जेठ, २० काठमाडौं । कक्षा सुरु भएको डेढ महिनासम्म पनि गोरखाका विद्यार्थीले किताब पाएका छैनन्। कतिपय ठाउँमा पुराना किताब त धेरै ठाउँमा पाठ्यपुस्तक बिना विद्यार्थी नयाँ कक्षामा पढिरहेका छन्।

विद्यार्थीको किताब हेरेर पढ्ने बानी शिक्षकले पनि पाठ्यपुस्तक हेरेर पढाउने गरेका हुँदा किताब अभावले पढ्न, पढाउन समस्या भएको पालुङटार ९ मदनेडाँडा माविका प्रधानाध्यापक रुद्र उप्रेतीले बताए। विद्यार्थी, अविभावकले किताब कहिले आउँछ भनेर बारम्बार सोध्ने गरेको उनले बताए। विद्यार्थीलाई गृहकार्य गराउन पनि समस्या भएको छ।

११ स्थानीय तह रहेको गोरखाका सुगम पालिकामा मात्र होइन दुर्गम चुमनुब्री, धार्चे गाउँपालिकाका विद्यालयमा पनि किताब पुगेको छैनन्। त्यहाँ किताब खच्चड वा मानिसलाई बोकाएर लैजानुपर्छ। दुर्गम क्षेत्रलाई भनेर केही किताब पठाइएको व्यवसायीले बताएपछि सबैलाई पुग्ने गरी किताब नजाँदा शिक्षकले विद्यार्थीलाई उपलब्ध गराउन सकेका छैनन्। विद्यार्थीको साथमा पाठ्यपुस्तक नहुँदा उनीहरुको पढ्ने बानी नै बिग्रिएको गुनासो अविभावकले पनि गर्न थालेका छन्।

नेपाल पुस्तक तथा स्टेश्नरी व्यावसायी महासंघ गण्डकी प्रदेश सहसचिव प्रदीप खनालले गोरखाका लागि ५० प्रतिशत किताब आएको र अझैं ५० प्रतिशत आउन बाँकी रहेको बताए। ‘आएको किताब आइतबारसम्म विद्यालयहरुमा पुग्छ,’ उनले भने, ‘अपुग किताब पनि छिटो ल्याउने तयारीमा छौँ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com