पार्टी अध्यक्ष ओलीको आलोचना गरेको भन्दै भूसाललाई कारबाहीको सिफारिस
जेठ, २१ काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको छ’, बडालले भने ।
स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत अध्यक्ष ओलीको आलोचना गरेका थिए । ‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारबाही हुन्छ ।